, रौतहट ३ असोज
राष्ट्रिय जनता पार्टी रौतहटले आज शुक्रवार सदरमुकाम गौरमा विरोध जुलुस प्रर्दशन गरेका छन । जुलुस प्रर्दशन गर्ने क्रममा संविधान शंसोधन गर , झुठा मुद्धा खारिज गर जस्ता नारा लगाउदै जुलुस प्रर्दशन गरेका हुन । गौर सदरमुकामका विभिन्न क्षेत्रमा नगरपरिक्रमा गर्दै नारा लगाएका थिए । गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता , उपमेयर किरण ठाकुर लगायतका नेताहरुको सक्रियतामा सो जुलुस प्रर्दशन भएको थियो । यसै गरी आज विहान संविधान दिवस मनाइएको छ । विहान प्रभात फेरी गरी संविधान दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । विपी चोक देखि शुरु गरिएको प्रभात फेरी नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरी संविधान दिवस मनाइएको थियो ।