Take a fresh look at your lifestyle.
npa 9 suchana

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास

gadhimai nagar palika ko suchana
suchana gadhimai

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास
रौतहट १८ असोज ।
दुर्गा भगवती पाउँ पालिकाका वडा न ३ मत्सरीमा रहेको दुर्गा मन्दिरको पुजा आजा हुने एक सय वर्ष यस पालि भएकोमा हर्र्षोउलासका साथ मनाउन लागेका छन । प्रतिपदा तिथि देखि नै भतजनमा उत्साह हुदै गएको छ । षष्ठी तिथि शुक्रवारका दिन बेल निमन्त्रण गर्नका निम्ती दुर्गा भगवतीको टोली सँग सँगै हेलीकप्टरबाट फुलको वर्षा गराउदै बेल निमन्त्रण कार्य स्थल पुगेका थिए । बेल निमन्त्रण कार्य विधिपुर्वक गरी पुनः दुर्गा भगवती मन्दिर फुलको वर्षा गराउदै आएका थिए । सोही अवसरमा दुर्गा पुजा समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा रौतहट क्षेत्र न १ का साँसद अनिल कुमार झाले पर्यटन स्थलको रुपमा विकास गराउन आफू पहल गर्ने बताए । समाजिक चन्दाले भव्यता पुर्वक पुजा आजा हुने गरेको दुर्गा भगवती मन्दिरलाई देश विदेशको रुपमा परिचित गराउन आजको आवश्यकता रहेको बताए । यसै क्रममा कृषी राज्य मन्त्री योगेन्द्र यादवले दुर्गा भगवतीको मन्दिर तथा विकासका लागी प्रदेश सासदिय कोषबाट २५ लाख दिने प्रतिवद्धता गरेका छन । भतजनले उठाएको प्रश्नको जवाफमा भौतिक तथा योजना राज्य मन्त्री डा डिम्पल झाले संस्कृतिको विकासको लागी आफु पहल गर्दै आएको बताउदै उनले अगामी पहल पनि जारी रहने उनले बताए । १९७६ सालमा देखि दुर्गाको विभिन्न रुपलाई नियमित ३सय६५औ दिन भतिm पुर्ण पुजा आजाको शुरुवात भएको मत्सरी दुर्गा पुजा समितिका अध्यक्ष विनय कुमार झाले बताए । १९७६ साल भन्दा पहिला मत्सरी गाविसमा हैजाको प्रकोपले दैनिक मानिस मर्ने अवस्था रहेको उनले बताए । हैजाको प्रकोपले मानिसहरु बाच्ने आशा थिएन । दुर्गा भगवतीको पुजा गर्न सुझाव तथा सल्लाह भई दुर्गा पुजाको थालनी भए देखि हैजाको प्रकोप यस गाविसबाट सदाको लागी विदा भएको स्मरण उनले गराए । मत्सरी गाविसको सम्पुर्ण जग्गा बागमतिको बगर बन्ने पनि भगवतीको कृपयाले यस गाविसका सम्पुर्ण जनसमुदाय हर्षित रहेका उनले बताए । यस मन्दिरमा अष्ठमी तिथि निशा पुजाको दिन रात्रीमा भतजनले मागेको भाकल पुरा हुने जन विश्वास रहेको उनले अवगत गराए । वनारसबाट एक जना शद्धालु दर्शन गर्न आएको समेत उनले जानकारी गराए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.