Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रदेश न २ का सरकारले कमिशनमा योजना विक्री वितरण गरेको आरोप— सासद शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १८ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का अध्यक्ष तथा क्षेत्र न ३ का साँसद प्रभु साहले प्रदेश न २ का सरकारले कमिशनमा योजना विक्री वितरण गरी रहेको आरोप लगाएका छन । बडा दशै शुभ दिपावली तथा छठ पर्वको पावन शुभ अवसरमा समस्त नेपाली दाजुभाई दिदी बहिनीहरुमा हार्दिक शुभकामना आदान प्रदान कार्यक्रममा उनले सम्बोधन गर्दै उतm कुरा बताउदै सवै प्रदेश भन्दा बढी मन्त्री प्रदेश न २ मा राखी आर्थिक भार थप गरेको उनले बताए । प्रदेश न २ मा १४ वटा मन्त्री राखिएको उनले स्मरण गराउदै कमिशनमा योजना संचालन गराउदै आएको शाहले बताए । करिव प्रदेश न २ मा २४ अर्व विकास वजेट रहेको बताउदै प्रत्येक जिल्लामा ३ अर्वको विकास हुनु पर्नेमा रौतहटमा कति अर्वको योजना संचालन भएको जनतासँग प्रश्न सोधिएको थियो । मानव सुचाङ्ग , शिक्षा ,स्वास्थ्यमा पछाडी रहेका प्रदेश न २ ले कुनै ठोस योजना नबनाएको उनले बताए । उपभोतmा समिति मार्फत मात्र योजना संचालन हुने खाले योजना बनाएको उनले आरोप लगाए ।
पहिला भारतको सिमाना सँग जोडिएको जिल्ला सम्पन्ता तर्फ रहेको थियो भन्ने अहिले भारत सँग जोडिएको जिल्ला विपन्नता तर्फ गइ रहेको उनले बताए । रौतहट जिल्लालाई समृद्धि बनाउन ,व्यापार फस्टाउन ,कृषि उत्पादन बढाउन ,सवैले आ आफनो तर्फबाट अग्रसर हुनु पर्ने आवश्यकता रहेको शाहले बताए । हजारौ युवा विदशमा पलाउन भएको स्थिति छ यस सुधार आवश्यक रहेको स्पष्ट पारेका थिए । रौतहटमा राम्रो अस्पतालको खाचो रहेको उनले बताए । अहिले देशलाई अराजकता तर्फ ल्जाने समुहले विभिन्न किसिमका अपवाह फैलाउदै गरेको बताए । पहिला देशलाई राजाबाट खतरा थियो भन्ने अहिले अराजकता फैलाउनेबाट खतरा रहेको बताए । शुरुमा कम्युनिष्टको उदय हुदाँ विभिन्न खाले अपवाह फैलाउने गरेको उनले स्मरण गराएका थिए । कम्युनिष्टको सरकारले बुढा मानिसलाई गोली हान्ने , धनी गरिवलाई एक समान बनाई दिने , गरिवलाई शोषण गर्ने जस्ता अपवाह फैलाउनेहरुले अहिले आएको कम्युनिष्टको सरकारले वृद्धहरुलाई सम्मानका साथ वृद्ध भता दिने गरेको उनले बताए । गरिव माथि भएको अन्याय माथि कम्युनिष्ट सरकारले न्याय दिलाउन पहल गर्ने गरेको उदाहरण सहित उनले बताए । पहिला भु माफियाहरुको चलती थियो भन्ने अहिले भु माफियाहरु जेल चलान भई रहेको बताए । सुन तस्कर , विदेश जानेलाई ठगी गनेै गिरोह पहिला थियो भन्ने अहिले कम्युनिष्ठको सरकारले सुन तस्करलाई पक्राउ गरी जेल हाल्न्ो कार्य गरी रहेको बताए । विदेश जानेलाई सुरक्षा सहित ठग्ने कार्य निरुत्साहित हुदै गएको उनले स्पष्ट पारेका थिए । देश र
प्रदेश लाई समृद्ध बनाउन हुलाकी सडकलाई स्तरवृद्धि तथा नयाँ निर्माण , मर्मत , पिसिसी ढलान कालो पत्रे , २ सय मिटर चोडाई गरी निर्माणका लागी साँसद प्रभु शाहले आफु एकल प्रयासबाट शूरुवात गराएको उनले आज सम्बोधन गर्द स्मरण रौतहटबासी लाई गराएका हुन । जग्गाधनीहरुले त्याग गर्नु पर्ने उनले बताए । त्याग तथा तपस्याले नै फल मिल्छ भन्ने उखानलाई बताउदै उनले हुलाकी सडकले मधेश तथा देशलाई समृद्ध बनाउन तथा विकासको प्रगतिको मार्ग रहेको उनले अवगत गराए ।
स्थानीय तह तथा प्रदेशको अधिकार केही कटौती भएको तथा केही बढी भएको बताउदै उनले अब संविधान शशोधन तथा परिमार्जनमा कटौती भएको अधिकार दिने तथा बढी भएको अधिकार कटौती गर्न आवश्यकता रहेको उनले बताए । देवाही गोनाही नगर पालिकामा गत वर्ष अन्तिम अवस्थामा परिषद भएको तथा बैठक नै वर्ष भरी बस्न सकेन तर वर्ष भरीको तलव जन प्रतिनिधिले लिएको प्रति प्रश्न गरेका थिए । कुन नैतिकताले मेयरले तलव लिएको प्रति आक्रोस व्यतm गरे । राणा शासन तथा पचायत शासन कालमा रौतहटका जनताले शाहस गरी आन्दोलनको थालनी गरेको इतिहास बताउदै उनले स्थानीय तहले गरेका गल्ती प्रति जनता कहिले आन्दोलन गर्नै प्रश्न गरेका थिए । आफू शहरी विकास मन्त्री भएको वेला रौतहटको सदरमुकाम गौर , मौलापुर , गरुडा तथा चन्द्रपुरको लागी २ अर्वको वजेट विनियोजन गरी ठ्ेक्का दिएको बताउदै उनले ठेकेदारहरुले गुणस्तर हिन कार्य गरी रहेको गुनासो आएको प्रति दुख व्यतm गरे । इन्स्टिच्यूट अफ कम्युनिटी टेक्निकल एजुकेशनद्धारा आयोजित उतm कार्यक्रममा सासद सविना हुसेन , रेखा झा ,प्रमुख जिल्ला अधिकारी किरण थापा , प्रद्रश सभा सदस्य बाबु लाल शाह , प्रदेश सदस्य कुन्दन कुशवाहा , नेकपाका प्रदेश सदस्य उपेन्द्र शाह , नागरिक समाजका अध्यक्ष जग्गनाथ प्रसाद केसरी , लगायतका वतmाहरुले आ आफनो शुभकामना व्यतm गरेका थिए । इन्स्टिच्यूट अफ कम्युनिटी टेक्निकल एजुकेशनका अध्यक्ष राज किशोर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.