रौतहट २६ असोज ।
े विपी कोइरालाले शुरु गरेको कोजाग्रातको दिन चियापान समारोहलाई तयारी गर्दै को अवस्थामा पुर्व मन्त्री तथा क्षेत्र न २ का वर्तमान साँसद मोहम्द आफताव आलमलाई प्रहरीले पक्राउ गरेको प्रति नेपाली काग्रेस पार्टीका रौतहट सभापति कृष्णा यादवले खेद प्रकट गरेको छ । पार्टी कार्यालयमा आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरी सो खेद प्रकट गर्दे उनले कम्युनिष्टको वर्तमान सरकारले विपक्षीलाई हेर्न नचाहने ,सरकार विरुद्ध बोल्नेलाई पक्राउ गर्ने , नेपाली काग्रेसको कार्यक्रमलाई प्रभावित पार्न पुर्व मन्त्री आलमलाई पक्राउ गरेको आरोप यादवले लगाएका छन । सर्वोच्य अदालतमा विचराधिन अवस्थामा चलि रहेको मुद्धामा प्रहरीले पक्राउ गर्न कुनै कारण नरहेको यादवले बताए । प्रजातन्त्रलाई हत्या तथा कम्युनिष्ट शासनलाई जवरजस्ती लादन खोजेको आरोप समेत उनले लगाएका हुन । पुर्व मन्त्री तथा साँसद आलमलाई अविलम्ब रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत उनले दिए । पत्रकारले सोधिएको प्रश्नको जवाफमा नेकाले शान्ति देखि क्रान्ति सम्मको लडाइ लडी स्थापित भएकोले आवश्यकता अनुसारको आन्दोलनको चयन गर्ने उनले बताए ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- प्रतिक्रिया
- Facebook Comments