Take a fresh look at your lifestyle.
npa 9 suchana

सुशासन विकास तथा समृद्धिको लागी शान्ति सुरक्षा अपरिहार्य – प्रजिअ थापा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २४ असोज ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुशासन विकास तथा समृद्धिको लागी
शान्ति सुरक्षा अपरिहार्य रहेको बताएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित ६४ औ प्रहरी दिवसको अवसरमा सम्बोधन गर्दै उनले उतm कुरा बताउदै शान्ति सुरक्षामा सवैले सहकार्य तथा हातेमालो गरी अगाडी बढे स्थानीय तह देखि देशको अपराध न्यूनीकरण हुने बताए । विभिन्न काल खण्डमा प्रहरीले आफनो जिम्मेवारी निर्वाह गर्दै आए पनि २०१२ सालको असोज ३१ गतेका दिन प्रहरी ऐनमा लाल मोहर लागेकोले प्रहरी दिवस सो वर्ष देखि मनाउने चलन आएको बताए । प्रहरी हाम्रो साथी , मुस्कान सहितको प्रहरी , सामुदायी प्रहरी जस्ता अभियान ल्याइ सरकारले जनता र प्रहरीको समबन्ध सुमधुर बनाउनमा टेवा पुरयाएको उनले बताए । प्रहरीले अपराध हुन नदिने , भएको खण्डमा अपराधीलाई कानुनी दायरामा ल्याउने जस्ता कार्य गर्दै आएकोमा जनताले पनि अपराध हुन नदिन , अपराधीलाई सजाय दिलाउन मदत गर्न उनले अपिल गरेका थिए । अहोरात्री खटी रहेका प्रहरीलाई अझ सजग सचेत भई कार्य गर्न उनले निर्देशन समेत सो अवसरमा दिएका थिए । अमर सहिद प्रहरीलाई सलामी समेत उनले दिदै फुल माला अर्पण गरे । सोही अवसरमा गौर नगरपालिकाका उपमेयर किरण ठाकुर , सामुदायी प्रहरीका अध्यक्ष अवधेश राय यादव , भुपू प्रहरी राम प्रताप सिह लगायतले शुभकामना व्यतm गरेका थिए । , इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख तुलसी राम अर्यालले प्रहरी प्रमुख सर्वेन्द्र खनालको सन्देश वाचन गरेका थिए । सोही अवसरमा जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक नविन कार्कीले रौतहटमा एक जना प्रहरीले ९ सय जनाको सुरक्षा भार खेप्पी रहेको बताए । एक जना प्रहरीले ३ सय जनाको जिम्मेवारी लिने लक्ष्य रहे पनि ९ सय जनाको जिम्मेवारी बोक्दै आएको उनले बताए । खुल्ला सिमाना , लागू औषध तथा अन्य अपराधी क्रियाकलापलाई न्यूनकरण गर्न सवैले आ आफनो स्तरबाट सहयोग गर्न आग्रह गरे । कार्यक्रममा आरडीले बाढी पिडित भएको वेला अथक सहयोग गरेकोमा प्रसंशा पत्र आरडीका डाइरेक्टर पारस हुसेनलाई प्रदान गरिएको थियो भन्ने १० जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.