

, रौतहट ८ कार्तिक ।
पूर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमलाई तेस्रो पटक आज शुक्रवार म्याद थप गरेको छ । रौतहट जिल्ला अदालतका न्यायधिश केशव कुमार पाण्डेको एकल इजलाशले आठ दिनको लागी म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा अनुसन्धान पुरा नभएकोले म्याद थपको लागी आएको माग अनुरुप म्याद थप भएको जनाएको छ । पहिलो संविधान सभा निर्वाचनमा बुथ कब्जा गरी मतपत्र आफनो पक्षमा ल्याउन केही भारतीय तथा केही नेपालीहरुलाई बम बनाउन प्रयोग गरेको अवस्थामा अचानक बम विष्फोट भई घाइते भएकाहरुलाई इटा चिम्नीमा हाली जलाएको आरोप लगाई उजुरी रिट निवेदनमा सर्वोच्य अदालतले पक्राउ गरी कारवाई गर्न आदेश दिएको तागेदामा पुर्व मन्त्री आलम पक्राउ परेको हो । यसै गरी आज नेपाली काग्रेस पार्टीद्धारा मौन जुलुस प्रर्दशन गरेका छन । निर्दोश मो आफताम आलमलाई रिहा गर , निष्पक्ष छानवीन गर , विधिको शासन कायम गर , अनावश्यक धर पडक बन्द गर जस्ता प्ले कार्ड सहित प्रर्दशन गरेका हुन । गौरको विपी चौक देखि शूरु गरिएको मौन जुलुस नगर भरी परिक्रामा गरेका छन । हजारौको संख्यामा कार्यकर्ताहरु को सहभागिता रहेको थियो ।