, रौतहट १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रौतहटले तिन दिनमा तिन लाख अठान्नवे हजार नौ सय पचास बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेको छ । असोज २५ गते देखि २८ गते सम्ममा उतm परिमाण वरावरको समाग्री पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी निकासी, पैठारी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत ईशनाथ नगरपालिका, गौर नगरपालिका र परोहा नगरपालिका लगायतका सिमा नाकाहरुबाट नेपालबाट भारत तर्फ लैजादै गरेको कालो मरीच, हरियो मटर, छोकडा र भारतबाट नेपाल तर्फ भित्र्याउदै गरेको मलमल कपडा, वायल कपडा, जिन्स पैट, बच्चाहरुको कपडा, सुती साडी राज निवास, प्लाष्टीक, बाबा सुट, फराक, सर्ट कपडा, दुप्टा सल लगायतका बिभिन्न सर सामानहरु पक्राउ गरिएको थियो । सर समानहरु वेवारिसे अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय चलान गरेको जिप्रकाले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments