, रौतहट, ६जेठ ।
माधव नारायण नगरपालिकाले ५१ लाखको कोरोना जिवन बीमा संचारकर्मीहरुका लागी गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्यहरु तथा रौतहटका सक्रिय संचारकर्मीहरुका लागी कोरोना बीमा गराएको हो । नगरपालिकाले रौतहटका ८५ संचारकर्मीहरुका लागी कुल ५१ हजारको सहयोगमा गरेको छ । माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले बीमाको लागी लाग्ने शुल्क बराबरको चेक नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन । रौतहटमा संक्रमितको सँख्या बढन थाले पछि रौतहटमा जोखिम बढेको छ । “विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले बीमा शुल्क रकम सहयोग गरेको मेयर यादवले बताए । नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागी सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको मेयर यादवले बताए ।संक्रमणका बेला सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत उनले सुझाव दिएका हुन ।
नेपाल पत्रकार महासंघ सँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताए । प्रति व्यक्ति ६ सयका दरले बीमा शुल्क कुल ५१ हजार नगरपालिकाले सहयोग गरेको हो । बीमित संचारकर्मी कोरोना संक्रमीत भएको खण्डमा सगरमाथा इन्स्योरेन्स कम्पनीले १ लाख रुपैया प्रदान गर्नेछ । चेक हस्तान्तरणका बेला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ र नपाका लेखा प्रमुख रामबालम राय यादव समेतको सहभागी रहेका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments