Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा वट सावित्री व्रत गरी मनाए

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ९ जेठ ।
वट सावित्री व्रत आज रौतहटमा महिलाहरुले गरेकी छिन । जेठ कृष्ण औसीका दिन अखण्ड सौभाग्यवतीका लागी महिलाहरुले वट सावित्री व्रत गर्ने गरेको पाइएको छ । यमराजबाट सत्यवानलाई जिउदो सावित्रीले ल्याए पछि परम्पराको रुपमा व्रत गर्दै आएको नव विवाहित महिलाले बताउँछिन । खास गरेर वाहुन जातीकी नव विवाहति महिलाले वट सावित्री व्रत गर्ने गरेको छ । विवाह भए देखि नै श्रीमान जिउदो रहुनञजेल सम्म यो व्रत गरिन्छ । जेठ कृष्ण चर्तुदशी तिथिका दिन स्नान गरेर अरवा चामलको खाना पकाएर खाइन्छ भन्ने औसाी तिथिका दिन विहान स्नान गरेर वटको वृक्षलाई पुजा गर्ने गरिन्छ । विभिन्न किसिमका फल फुल चना , वाँसको पंखा ,मिश्री , निमु , जस्ता समाग्री चढाइने गरिन्छ । श्रद्धापुर्वक केही प्रसाद विवाहित महिलालाई वाँडने गरेको बताइन्छ । आजको दिन नेपाल तथा भारतका उतरी भेगका महिलाहरुले व्रत गर्ने गरेको छ भने भारतका दक्षिण भेगका महिलाले पुर्निमा तिथिमा गर्ने गरेको पाइन्छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.