Take a fresh look at your lifestyle.
npa 9 suchana

पूर्वमन्त्री आलमको घरमा प्रहरीद्धारा छापा

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट,९ जेठ ।
राजपुर बमकाण्डका आरोपित पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ ।
बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार करिव राति १२ः३० बजेको समयमा राजपुरमा रहेको आफताब आलमको घरमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महताव आलम अफताब आलमका भाइ हो ।
बमकाण्डका फरार आरोपित महताब आलम घरमा रहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले छापा मारेको रौतहटका प्रहरी उपरिक्षक रविराज खडकाले जानकारी दिएका छन् ।
खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरे पछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए ।
आरोपित पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.