

, रौतहट १४ जेठ ।
जिल्लाका इशनाथ नगरपालिका र राजपुर नगरपालिका भरी जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधज्ञा जारी गरेको छ । नगरपालिकाका क्वारेन्टाइनमा धेरै ठुलो चाप भएको र स्थानीय व्यतिmहरुको पनि क्वारेन्टाइन आसपास आवत जावत हुन सक्ने सम्भावना भएको एवं क्वारेन्टाइन भित्रको गतिविधिहरुका कारण व्यवस्थापनमा समेत व्यवधान देखिएकोले यी दुवै नगरपालिकामा अन्यत्र ठाउँहरुमा आवत जावत गर्न नपाउने गरी नगरपालिका सील गर्ने र दुवै नगरपालिका भित्र अत्यावश्यक सवारी साधनहरु र अत्यावश्यक काम वाहेक अर्को आदेश नभए सम्म व्यतिmहरुको आवत जावत जेठ १३ गतेको राति १२ वजे देखि अकौ आदेश नभए सम्मका लागी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निषेधज्ञाको आदेश उल्लघन गरी कसैले कुनै गतिविधि वा क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिमकारवाही गरिने समेत जनाएको छ । जिल्ला सुरक्षा समिति को बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।