Take a fresh look at your lifestyle.
npa 9 suchana

आइसोलेसनमा लैजान लागेको कारण स्थानीय र प्रहरी विच झडप

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १६ जेठ ।
कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान लागेको कारण स्थानीय र प्रहरी विच झडप भएको छ । प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले आइसोलेसनमा लैजान रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा झडप भएको हो । झडप संगै तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । इशनाथ नगरपालिका–७ को जोकाहामा अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको छ । दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीयले जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पठाइएको थियो । सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.