

, रौतहट १९ जेठ ।
रौतहटमा सोमवार थप १८ जना कोरोना सक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय प्रदेश न २ ले दिएको जानकारी अनुसार यमुना माई गाउँ पालिकामा एक जना महिला सहित ४ र परोहा नगर पालिकामा १४ जना पुरुषमा कोरोना सक्रमित रहेको समाजिक विकास मन्त्रालय प्रदेश न २ का सचिव राम प्रसाद घिमिरेले जनाएको छ । भारतबाट आई क्वारेन्टाइनमा वसोवास गदै आएको उनले बताएका हुन ।