Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्लाको १८ स्थानीय तहमध्ये १६ वटामा कोरोना भाईरस संक्रमित

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २०जेठ ।
जिल्लाको १८ स्थानीय तहमध्ये १६ वटामा कोरोना भाईरस संक्रमित देखा परेको छ । मगलवार ७४ जनामा कोरोना भाईरस पोजेटिभ पुष्टि भए संगै रौतहटमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।
गौर नपामा १३ , दुर्गा भगवती १४ , राजपुर २१ ,गढीमाई १ , परोहा ४ , राजदेवी १८ र यमुनामाईमा ३ जना गरी ७४ जना कोरोना भाइरसको रोगी फेला परेको जनस्वास्थ्य कार्यालयका फेकल परसन हरेन्द्र गुप्ताले बताएका छन , मगलवार पुष्टि भएका सबैजना भारतका विभिन्न शहरबाट आएर सिधै क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको रौतहटमै उपचार भई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
यस अघि सोमवार १८ जनामा कोरोना पोजेटिभ भेटिएसँगै संख्या २ सय ३३ रहेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रौतहटको १८ स्थानीय तह मध्ये १६ मा कोरोना भाईरसको संक्रमित पुष्टि भैइसकेको छ ।
सोमबार सम्मको तथ्याँक अनुसार सबैभन्दा बढी राजपुर नगरपालिकाका ८३ जनामा संक्रमित पुष्टि भएको छ । त्यसैगरी ईशनाथमा ६९ ,गौरमा १६, देवाहिगोनाहिमा १५, गढिमाईमा ७ जनामा कोरोना संक्रमित पाईएको स्वास्थ्य संयोजकले जनाएको छ ।
यसै गरी कटहरियामा २ , राजदेवीमा ४जना , मौलापुरमा ६ , माधवनारायणमा ३ बौधीमाईमा ४,गरुडामा १ , परोहामा १४ ,यमुनामाईमा ४जना,बृन्दाबन १, गुजरामा १ जना, दुर्गा भगवतीमा ८ जना संक्रमित पुष्टि भएको छ । चन्द्रपुर, फतुवा विजयपुर नगरपालिकामा हालसम्म पुष्टि नभएको जिल्ला जन स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । संक्रमित मध्ये ईशनाथ, बृन्दाबन र गुजरा नगरपालिकाका ३ जना उपचारपछि घर फर्किसकेका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.