Take a fresh look at your lifestyle.
npa 9 suchana

भिडभाड हुने सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ साउन,
लामो समय देखि बन्द रहेको रौतहटका भिडभाड हुने सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएका छन । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु आइतवार देखि गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । असार ३१ गते बसेको जिल्ला सुरक्षा समितिका बैठकले कर्मचारी र सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुचारु गर्न निर्णय गरेको थियो । जिल्लामा कोरोना संक्रमण उच्च बनेपछि जिल्ला प्रशासन कार्यालयले जेठ ३२ गतेदेखि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयले दिने सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.