Take a fresh look at your lifestyle.
npa 9 suchana

सौतेनी आमाको कुटपिटबाट पाँच वर्षीय छोराको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ साउन ।
सौतेनी आमाको कुटपिटबाट पाँच वर्षीय छोराको मृत्यु भएको आरोप लागेको छ । देवाही गोनाही नगरपालिका ४ मा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको आरोप छ । आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश सहनीको श्रीमति २० बर्षीया फुलवादेवी सहनीले सौताको छोरा कृष्ण सहनीलाई शुक्रबार सांझ मर्नासन हुनेगरी कुटपिट गरेको थिइन् । गम्भीर चोटपटक लागेका ५ बर्षिय नाबालक कृष्ण सहनी को उपचारको क्रममा सुकदेव चौकमा रहेको नेपाल तराई अस्पतालमा मृत्यु भएको सशस्त्र बेस क्याम्प देवाहीका प्रमुख बिष्णु अधिकारीले जानकारी दिएका छन । कुटपिट गर्ने सौतेनी आमा फुलवादेवी सहनी लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक नाबालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेकी आरोपी महिला नियन्त्रणमा रहेकोे र घटना बारे थप अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.