Take a fresh look at your lifestyle.
npa 9 suchana

चन्द्रपुर नगरपालिकामा ५ जना कोरोना संक्रमण पुष्टि

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट, २८ साउन ।
समुदायस्तमा कोरोना भाइरस बढने क्रम जारी रहेको छ । चन्द्रपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रपुर नगरपालिका पुष्टि भएका मध्ये ३ जना यसअघि संक्रमण पुष्टि भएका र एक ३९ वर्षीय पुरुषको कन्ट्याक टेसिङ्गमा परेका चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिए । त्यस्तै बाँकी २ जना संक्रमित मध्ये एकजना पुरुष चन्द्रनिगाहपुर चोकमा व्यवसाय संचालन गर्ने गरेको छ भने चन्द्रपुर–९ कि एकजना युवती रहेको खुलेको छ । जनस्वास्थ्य निरीक्षक चालिसेका अनुसार जम्मा १ सय १७ जनाको स्वाब संकलन गरेर हेटौडा प्रयोगशालामा पठाइएकोमा ५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबैको कन्ट्याक ट्रेसिङ्ग सुरु गरिएको छ । चन्द्रनिगाहपुर चोकमा फर्निचर र फेन्सिको व्यवसाय गर्दै आएका संक्रमित व्यवसायीले सामाजिक संजाल फेसबुक मार्फत ५ दिन अगाडी आफुलाई ज्वोरो आएर पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएकाले एकहप्ता अघिसम्म आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बसेर पीसीआर परिक्षण गर्नु अनुरोध गरेका थिए । हाल आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको भन्दै आफ्नो उच्च मनोवलले चाँडै नै कोरोनालाई परास्त गरेर फर्कने उनले आत्मविश्वास व्यक्त गरेका छन । संक्रमण पुष्टि भएका पाँचैजनालाई चन्द्रपुर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा राखिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.