Take a fresh look at your lifestyle.
npa 9 suchana

संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट भईरहेको आरोप लगाएका छन ् । सम्बन्धित निकायबाट प्रभावकारी जाँचको अभावमा गैरसरकारी संस्थाका संचालकहरुले वर्षेनि अरबौं रुपैया लुटिरहेको उनको आरोप छ । संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘एनजीओ आईएनजीओको नाउँमा अनियमितता र भ्रष्टाचार बढी रहेको छ ।’ अहिलेको २१औं शताब्दीको सूचना प्रविधिको युगमा पनि गैरसरकारी संस्थाहरूको आर्थिक कारोबार पुरै अपारदर्शी हुनु दुःखद् रहेको भन्दै सांसद साहले कुन मिति र शीर्षकमा कहाँबाट कति रकम आयो र उक्त रकम कुन ठाउँमा कसरी र कति खर्च भयो भन्ने लेखाजोखा वा जवाफदेहीता नै नभएको उनले भने । सरकारी निकायको भूमिका संस्था दर्ता र नवीकरणमा मात्र सीमित भएको उनको भनाइ छ । सांसद साहले संस्थाहरूले आफ्नो विधानमा ‘गैर नाफामुलक’ लेखे पनि त्यसको ठिक विपरित एनजीओ आईएनजीओको व्यवहार प्रायः ब्रहमलुट र भ्रष्टाचारमा लिप्त देखिने बताए । औसत अनुपातमा एउटा जिल्लामा स्थानीय तहहरूले खर्च गर्ने बराबरकै हाराहारीमा अरबौँ रकम गैरसरकारी संस्थाहरूले खर्च गरिरहेको भएपनि परिणाम भने शुन्य देखिएको उनले बताए । गैरसरकारी संस्थालाई परिणाममुखी बनाउन सर्वप्रथम अनियमितता र भ्रष्टाचार रोक्न जरूरी रहेको उनले प्रष्ट पारे । यसका लागि वर्तमान प्रावधानमा आमूल परिवर्तन गरी जनताको निगरानीसहित सरकारी निकायको भूमिका बढाउनुपर्ने उनको भनाइ थियो । गैरसरकारी संस्था संचालन गरेर करोडौंको सम्पत्ति जोड्नेहरु पनि रहेको जिकिर गर्दै उनले तिनीहरुको आम्दानीको स्रोत खोज्न जरुरी रहेको बताए । ‘मानव सेवाको नाउँमा देश–विदेशबाट आउने अरबौँ रुपैयाँ गैरसरकारी संस्थामाथि कब्जा जमाएका केही मुठ्ठीभर मानिसको पेवा बनेको छ,’ उनले भने, ‘त्यो परम्परा रोक्न अबिलम्ब सरकारले ठोस नीति ल्याउन जरुरी छ, यसका लागि सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु ।’

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.