Take a fresh look at your lifestyle.
npa 9 suchana

कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते सम्मका लागि निषेधाज्ञा जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २८ साउन ।
कटहरिया नगरपालिकाले निषेधाज्ञा जारी गरेका छन । नगरपालिका भित्र कोरोना पुष्टि भए पछि नगर प्रमुख सियाराम कुशवाहाको अध्यक्षतामा सर्वपक्षिय बैठक बसी निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो । कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको नगर प्रमुख कुशवाहाले बताए । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक सबै पसल व्यवसाय बन्द गरिने र ब्यवसाय सञ्चालन गरेको पाइए ब्यावसायीलाई आर्थिक तथा कानुनी कारवाई गर्ने बैठकले निर्णय गरेको छ।पसल सञ्चालन गर्ने लाई ५ हजार १ सय जरिवाना र २४ घण्टा प्रहरी हिरासतमा राखेर कारवाई गर्ने निर्णय भएको नगर पालिकाले जनाइएको छ । कटहरियाका संक्रमित ९ जनालाई मावि कटहरियामा निर्माण भएको क्वारेन्टाइनमा राखेर उपचार गर्ने जनाइएको छ । कटहरियाको जनता माविको सभा हलमा सम्पन्न सर्वपक्षीय बैठकमा नगर प्रमुख सियाराम कुशवाहा , जनप्रतिनिधि, ब्यापारी, पत्रकार सशस्त्र बेश दुधियाभारका इन्स्पेक्टर देवीलाल गोतामे,ईलाका प्रहरी कार्यालय कटहरियाका स ई सुरेन्द्र सिंह लगायतको सहभागीता रहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.