

रौतहट ९,भाद्र
हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यारालाई कारवाई गर्न विभिन्न स्तरबाट जोडदार माग हुन थालेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न २ का अध्यक्ष तथा सांसद प्रभु साहले हत्यारालाई अविलम्ब पता लगाई कारवाईको माग गर्दै घटना प्रति घोर भत्र्सना गरेको छ । यसै गरी विश्व हिन्दु परिषद रौतहटका अध्यक्ष आलोक पाण्डेको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यस्तै हिन्दु परिषद नेपालका संयोजक ओम प्रकाश मधेशियाले कारवाईको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । हाल सम्ममा दोषीलाई पक्राउ गर्न सकेको छैन । भाद्र ३ गते बेलुका खाना खाइ रहेको बेला कन्चटमा गोली हानेर पुजारी साहको हत्या भएको थियो