रौतहट १७ भाद्र ।
निरञजन राम र विजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले १० सुुत्रीय माग सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो समितिले कार्यक्रम सार्वजनिक गरेको हो । निरञ्जनराम र विजयरामलाई शहिद घोषणा गर , प्रहरीद्धारा हत्या गरीएका बिजयरामको मुुद्धा दर्ता गरी दोषी प्रहरीलाई कारवाई गर , प्रहरी हिरासतमा रहेका निर्दोष ४ जना सिकेन्द्र पाश्वान, अजयराम, विवेक राय यादव, अर्जुुन रामलाई तुुरुन्त रिहा गर , मृतक निरञ्जनरामका अभियुक्त लखन साह र राजगिर साहलाई अबिलम्ब पक्राउ गर , हत्याकाण्डको छानबिन गर्न दलित आयोग गठन गर , मानव अधिकार आयोगसहितको संसदीय उच्च स्तरीय छानबिन समिति गठन गर ,दलित अगुवा तथा अधिकारकर्मीको ज्यान धनको सुरक्षाको ग्यारेन्टी गर , दलित हत्या हिंसा अबिलम्ब रोक्न माग गर्दै बिजयराम र निरञ्जन रामको सालिक निर्माण गर्न समेत माग गरिएको छ । निरञजन राम र विजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटका अध्यक्ष सोनालाल रामद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रदेशका मुख्यमन्त्रीलाई अनिवार्य गरुडा आउन आग्रह गरिएको छ । माग सम्वोधन नभए १७ गतेदेखि २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments