Take a fresh look at your lifestyle.
npa 9 suchana

शान्ति सुरक्षा सम्बन्धित अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २७ भाद्र ।
जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिद्धि बिक्रम शाहको अध्यक्षतामा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु विच शान्ति सुरक्षा सम्बन्धित अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा लगातार हत्याको घटना बढदै गएकोले नव आगन्तुक प्रहरी उपरिक्षक शाहले शान्ति सुरक्षा कायम गर्नका लागी राजनैतिक दलका प्रतिनिधिहरु विच अन्तरकृया तथा छलफल गरेका हुन ।
साउन ३१ गते निरञ्जन रामको घाँटी रेटी हत्या भएको, भाद्र ३ गते हनुमान मन्दिरको पुजारी श्रीराम साह तेलीको हत्या भएको र बिजय राम प्रहरी हिरासतमा रहेकोमा उपचारको क्रममा भाद्र १० गते मृत्यु भएको कारण जिल्लाको शान्ति सुरक्षाको स्थिति संवेदनशिल भएकोले राजनैतिक दलबाट सुझाव लिनका लागी अन्तरकृया तथा छलफल गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट अझ बढी सशक्त ढंगबाट प्रहरी परिचालन गरी निष्पक्षरुपमा अपराध अनुसन्धान र शान्ति सुरक्षा तथा समाजिक सदभाव कायम गर्न र त्यस कार्यमा सबै राजनैतिक दलबाट जिल्ला प्रहरी कार्यालयलाई रचनात्मक सहयोग गर्ने अन्तरकृया तथा छलफलमा राजनैतिक दलले प्रतिवद्धता जनाए ।
गरुडा नगरपालिका वडा न. ८ बस्ने निरन्जन रामको घाटी रेटी हत्या भएको घटनाको अनुसन्धानको शिलसिलामा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेका गरुडा नगरपालिका वडा नं.८ बस्ने बर्ष १९ को विजय रामको उपचारको शिलसिलामा नेशनल मेडिकल कलेज विरगंज पर्सामा भाद्र १० गते राति ००ः३५ बजेको समयमा मृत्यु भएको थियो ।
रामको कुटपिटबाट मृत्यु भएको भनि दिएको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय रौतहट मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको अन्तरकृया तथा छलफल कार्यक्रममा उपरिक्षक शाहले राजनैतिक दललाई अवगत गराएका थिए ।
३ जना प्रहरी कर्मचारीहरु अनुसन्धानको शिलसिलामा निलम्बन समेत भई सकेको अवस्थामा निष्पक्ष अनुसन्धान गरी संलग्न सबै दोषी माथि कानून बमोजिम कडा कारवाही गर्ने प्रहरी उपरिक्षक शाहले आश्वासन दिए ।
मृतक बिजय रामको परिवारलाई प्रदेश सरकार एबं केही स्थानीय तह तथा राजनैतिक दलहरुबाट राहत प्रदान भैसकेको र पीडित परिवारलाई थप राहतको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने अन्तरकृया तथा छलफलको निष्कषर््ा रहेको थियो ।
मृतक बिजय रामको घटना सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रौतहट मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको र हालको बिषम परिस्थिति कोरोना को महामारी जिल्लामा फैलिदै गएको अवस्थामा नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा जारी रहेको अवस्थामा सयौंको संख्यामा मानिसहरु भेला जम्मा भई प्रदर्शन गर्दा महामारी फैलिन गई स्थिति थप भयावह हुने र नियन्त्रण बाहिर जाने अबस्था समेतलाई मध्यनजर गर्दै निरञ्जन राम र बिजय राम हत्या काण्ड संघर्ष समिति, रौतहटलाई प्रदर्शन तथा आन्दोलन स्थगित गर्न हुन अनुरोध गर्दै थप माग सम्बोधनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा सर्वपक्षिय सर्वदलिय वर्ता गर्न अनुरोध गर्ने निर्णय लिएको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.