Take a fresh look at your lifestyle.
npa 9 suchana

ज्यान सम्बन्धी कसूरमा चार जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

 

रौतहट १२ असोज ।

गढीमाई न.पा. वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती वर्ष अं. ३५ की मिन्त्रा देवी वैठा को हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  गढीमाई नगरपालिका वडा नं.३ वस्ने अनवर हुसेनको छोरा वर्ष ४० को जमसैद मियाँ सोही स्थान वस्ने  सफी महम्मद मियाँको छोरा वर्ष ३५ को दाउद मियाँ , कैल भन्ने रफिक मियाँको छोरा वर्ष ३२ को जहरुदिन मियाँ भन्ने हारूण रसिद , सफि महम्मद मियाँको छोरा वर्ष ४० को महम्मद ईसराफुल मियाँ रहेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना

आज  रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७  दिनको म्याद थप गरी अनुसन्धान भईरहेको  जिप्रकाका डिएसपी भरत श्रेष्ठले बताएका छन । । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकार समेत गरी सकेको डिएसपी  श्रेष्ठले बताए ।

 

गत भदौ महिना १४ गतेका दिन १०वजे  घास काट्न गएको अवस्थामा अबेर सम्म घर नफर्किदा निजका घरपरिवारका सदस्यहरुले खोज तलास गर्दै जाँदा अं. १८ः०० बजेको समयमा गढीमाई नपा ३  समिउल्ला कवारीको उखु बारीमा अज्ञात व्यक्तिले घाँटि कसेको अवस्थामा मृत लास फेलापरेको थियो ।

अनुसन्धानको क्रममा जमसैद आलमको वुवा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालत मार्फत नै सकार गरि लिएकोमा जग्गा मध्ये मृतक मिन्त्रा देवी वैठाको श्रीमान सकल वैठाले जग्गा किन्दा जमसैद आलमले सो जग्गामा भोगचलन गर्न नदिई विवाद गरि कुटपिट समेत गरेको, थियो ।

सोहि जग्गा विवादमा जमसैद आलमले मृतक मिन्त्रा देवी वैठाको श्रीमान सकल वैठालाई प्रतिवादी बनाई लिखत बदर मुद्धा दिएकोमा सकल वैठाको पक्षमा निर्णय भएकोमा  जमसैद आलमले निज सकल वैठलाई जग्गा भोग चलन गर्न नदिई मृतक मिन्त्रा देवी वैठालाई मेरो जग्गा हो तिमीहरु जग्गा छोडिदेउ भनि पटक पटक धाक धम्की दिने गरेको थियो ।

२०७७।०५।१४ गते भन्दा केही दिन अगाडि समेत निज जमसैद आलमले मृतक मिन्त्रा देवी वैठालाई बाख्रा चराउने क्रममा मेरो जग्गा फिर्ता किन नगरेको ? अब म तिम्रो यस्तो अवस्था बनाई दिन्छु की गाँउ समाजले समेत थुक्छ भनि धाक धम्की दिएको कारणबाट सोही जग्गाको रिसईवीको कारण जमसैद आलमले योजना बनाई ती व्यक्तिहरुको संलग्नतामा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.