

रौतहट २६ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको बिशेष प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जरनैल मियाँ कबारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लाल बाबु बैठा लाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिट अंगभंग मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिवादी यमुनामाई गाँउपालिका वडा नं.५ बस्ने लालबाबु बैठालाई खोजतलासको क्रममा निजकै गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट जिल्ला अदालत समक्ष दाखिला हुँदा रौतहट जिल्ला अदालतको आदेशानुसार निजलाई (दुई लाख धरौटी माग भएकोमा तोकिएको धरौटी दाखिला गर्न नस्केको कारण मगलवार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।