Take a fresh look at your lifestyle.
npa 9 suchana

व्यापक अनियमितता भएको आरोप लगाउदै स्थानीयहरुद्धारा कार्यालय घेराउ तथा धर्ना

gadhimai nagar palika ko suchana
suchana gadhimai


दिनेश साह, रौतहट ३ पुस ।
राजदेवी नगर पालिकामा व्यापक अनियमितता भएको आरोप लगाउदै स्थानीयहरुले कार्यालय घेराउ तथा धर्ना दिएका छन । सर्वपक्षीय सघर्ष समिति गठन गरी घेराउ तथा धर्ना आज शुक्रवार देखि शुरु गरेको हो । गत आ.व मा भएको खर्च सार्वजनिक गर्न माग गर्दै आन्दोलनका रुप दिएको समितिले जनाएको छ । यस अघि नगर पालिकाका कर्मचारीहरुले तलव नपाएको भनदै ज्ञापन पत्र बुझाएका थिए। यसै गरी नगरपालिका भरीमा रहेका शिक्षकहरुले तलव नपाएको भनी ज्ञापन पत्र पनि दिएको थियो । सर्वपक्षीय सघर्ष समिति का संयोजक रामेश्वर राय यादवका नेतृत्वमा गएका टोलीले १४ बुन्दे माग राखी गत आइतवार मेयर धिरेन्द्र कुमार सिहलाई ज्ञापन पत्र बुझाएका थिए । २०७६ साल कार्तिक ४ गतेका दिन बुझाइएको ज्ञापन पत्र मार्फत राखिएको १४ बुन्दे माग २५ गते नगर पालिका तथा समाजवादी पार्टी विच सम्झौता भएको थियो । २०७७ साल असार ८ गतेका दिन नगर समितिको बैठकबाट गरिएको निर्णय कार्यवन्यनको माग गर्दै दवाव मुलक उदेश्यले दोस्रो पटक समितिले ज्ञापन पत्र बुझाए पनि वास्ता नगरेकोले बाध्य भएर आन्दोलन गर्नु परेको स.योजक यादवले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.