

राजेश्वर मिश्र , रौतहट ४ पुस ।
देवाही गोनाही नगरपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । नगर पालिकाको आफनै भवन निर्माण कार्यको निमित प्रशासकीय अधिकृत राजदेव रामले अनुगमन गर्ने गरेका छन ।
देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपनगर प्रमुख परनिया देवी पटेलको पहलमा आफ्नै कार्यालय भवन निर्माण भई रहेको निमित प्रमुख प्रशासकिय अधिकृत रामले वताए । चार तल्ले नक्सा डिजाइनमा रहेको कार्यालय भवनको दुई तल्ला यस वर्ष टेण्डर भई निर्माण कार्य शुरु गरिएको उनले बताए । सो अवसरमा कार्यालयको प्रशासन शाखा प्रमुख प्रभु यादव पनि रेखदेख गरी रहेको बताइएको छ । गुणस्तरयुतm कार्यका लागी नगर पालिकाबाट निरिक्षण अनुगमन भइ रहेको अधिकृत रामले बताएका छन ।