, रौतहट १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का प्रदेश न २ का अध्यक्ष एवं निवर्तमान सांसद प्रभु साहले दुइ अध्यक्षीय प्रणालीको विरोध गर्दै पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्य प्रति असन्तुस्टी जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सांसद विघटन गरे पछि दुइ भागमा विभाजन भएका नेकपाको दुइ अध्यक्षीय प्रणालीको विरोध गर्दै सांसद साहले एक अध्यक्षीय प्रणालीको माग गरेका छन् ।
प्रचण्ड माधव पक्षले गरेको निर्णय प्रति प्रत्यक्ष रुपमा असहमति जनाउदै सांसद साहले प्रचण्ड नेतृत्वको समुहले विगतका गल्तिलाइ गम्भीर समिक्षा गरि सच्च्याउनुको साटो पुनराबृति गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
नेकपा प्रदेश कमिटिको लेटरप्याड प्रयोग गरि जारी गरेको प्रेस विज्ञाप्तिमा साहले प्रधानमन्त्रीले गरेको सांसद विघटनको आत्महत्याको संज्ञा दिदै भनेका छन् प्रचण्ड नेतृत्वको समुहलाई सहयोग गर्ने सोचेको थिए तर त्यो समुहले पनि पुरानो प्रवृतिलाइ नै पुनराबृति गरेको उल्लेख छ ।
प्रचण्ड समुहले पार्टीको अध्यक्षमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाइ अध्यक्षमा चयन गरेपछि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका सांसद साहको असन्तुस्टी भएको हो ।
साहले जारी गरिएको विज्ञप्तिमा मार्क्सवादी मान्यता र लेलिनवादी संगठनात्मक सिधान्त विपरित निर्माण भएको दुइ अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएकै कारण देशले गम्भीर घात बेहोर्नु परेको छ । पार्टी एकताको पक्षमा आफु दृढतापुर्वक क्रियाशील रहदै आएको ठोकुवा गर्दै प्रदेश अध्यक्ष साहले देश र जनतालाई घात गर्ने दुइ अध्यक्षीय प्रणाली अस्विकार गरि सहि नेतृत्व प्रणालीको स्थापनाको लागि सवैमा अनुरोध गरेका हुन् ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments