

, रौतहट १६ पुस ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान प्रहरीले वेवारिस अवस्थामा फेला पारी भन्सार चलान गरेको छ ।
सानो बच्चाहरुको ज्याकेट, घडी सर्फ, बच्चाहरुको जिन्स, वच्चाहरुको कुर्ता सुरुवाल, जिन्स पाईन्ट सर्ट, पानमसाला, घडी सर्फ हार्ड वेयरको सर सामानहरु, मोविल, सुर्ती, चिनी लगायतका अन्य मालबस्तुहरु वेवारिसे अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुहरुमा खटिएको प्रहरी गस्ती टोलीले उतm परिमाण वरावरको वेवारिस अवस्थामा फेला पारीएको थियो ।