Take a fresh look at your lifestyle.
npa 9 suchana

अविश्वासको प्रस्तावमा हस्ताक्षर किर्ते –मन्त्री शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १६ पुस ।
शहरी विकास मन्त्री प्रभु साहले सांसदमा पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर किर्ते रहेको बताएका छन । विहीवार रौतहटको गरुडामा आयोजित जिल्ला स्तरिय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री शाहले उतm कुरा बताउदै अन्य बैठकमा गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा पेश गर्नु किर्ते भएको उनले बताए । पदको लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा षडयन्त्र भएको उनले स्पष्ट पारे । माओवादीका सिद्धान्त , निति , निर्देशन ,फोटो समेतलाई गौण गरी प्रचण्डले आफु पदको लागी सदैव षडयन्त्र गरिदै आएको आरोप मन्त्री साहले लगाए । प्रचण्डलाई ज्ञानी कर्मठ नेता चाहिएको होइन बताउदै शाहले चाककरी चापलुसी गर्ने नेता चाहिएको आरोप लगाए । देशमा दुई किसिमको साँसद विघटन भएको छ । जनताको अधिकार खोसेर राजाले आफु मजबुत हुने अधिकारको लागी साँसद विघटन भएको थियो भने नेकपाको मनमोहन अधिकारी र काग्रेसको गिरजा प्रसाद कोइरालाले जनताको अधिकार सुरक्षित हुनका लागी साँसद विघटन भएको थियो । जनताको अधिकार प्रयोगका लागी प्रधान मन्त्री केपी शर्मा ओलीले साँसद विघटन गरेको मन्त्री शाहले बताए । नेकपाको बहुमतको सरकारलाई अन्तरघातको कारण साँसद विघटन भएको बताए । साँसद विघटनको कारण माधव कुमार नेपाल र प्रचण्ड रहेको बताए । पार्टीलाई चलन नदिने , सरकारलाई चलन नदिने क्रान्तीकारी हुन नसकिने शाहले बताए । चुनाव गराउनेलाई प्रतिगामी भन्न नकिने उनले बताए । पाँच वर्षको पदावधिलाई तीन वर्षमा नै खारिज हुनु आत्मघात चुनाव विजय हासिल गर्नको लागी भए पनि निर्वाचनमा पराजित हुनेलाई खुशी हुनु पर्नेमा दुखी भएर साँसद पुर्नस्थापना का लागी आन्दोलन गरी रहेको बताए । राजालाई चाकरी गर्ने माधव नेपाल अग्रामी र राजासँग लडने नेता प्रतिगामी कसरी भए जनताले मुल्याँकन गर्ने बताए । रौतहट सत्यको साथ दिने जिल्लाको रुपमा चिन्ने जिल्ला रहेको बताए । विगतमा योग्यताको कारण मन्त्री नबनेको होइन षडयन्त्रको कारण मन्त्री नबनेको बताए । रौतहटको जनताको आर्शिवाद , दया ,मायाका कारण आज मन्त्री बनेको बताए । यसै गरी प्रदेश न २ का इन्चार्ज सत्यनारायण मण्डल , सचिव सुमन प्याकुरेल , साँसद ज्योती शाह , साँसद रेखा झा , नेता राजन यादव , पुर्व साँसद अब्दुल कलाम अजाद , लगायतका नेताहरुले कार्यकर्तालाई सम्बोधन गरेका थिए । । नेकपाका प्रदेश सदस्य उपेन्द्र शाहको अध्यक्षता, कार्यक्रम सम्पन्न भएको थियो । समापन गर्दै उपेन्द्र साहले जनताको चाहना अनुरुप चलने नेतालाई चुनावमा विजय बनाउन आग्रह गर्दै चुनावबाट डराई रहेका नेता अग्रामी हुन नकिने बताए । चुनावबाट अग्रामी तथा प्रतिगामीको फैसला जनता गरिने भएकोले चुनावमा आउन सवै दललाई आग्रह गर्दै कार्यक्रम समापन गरेका थिए । सोही क्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य बबन सिह लाई मन्त्री शाहले टिका लगाई नेकपामा प्रवेश गराएका थिए । सो अवसरमा नैकपामा प्रवेह गर्दै बबन सिहले जनता समाज वादी पार्टी जनताको भलो हुने कार्य नगरेको आरोप लगाउदै आफु पार्टीबाट प्रत्याग गरी नेकपामा प्रवेश गरेका बताएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.