

रौतहट १७ पुस ।
अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत आज प्रहरीले मदिरा नष्ट गरेको छ ।
विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा विभिन्न स्थानहरुबाट वेवारीसे अवस्थामा फेला पारेको मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अबैध घरेलु मदिरा बरामद गरी जिप्रकामा दाखिला गरेको हुदाँ उक्त अबैध घरेलु मदिरा गन्हाई दुर्गन्धीत भएकोले सो बरामद भई आएको मदिरा आज शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहट प्राङगण भित्र रहेकोको पोखरीको किनारमा पोखी नष्ट गरिएको जिप्रकाले जनाएको छ ।