, रौतहट २९ माघ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्ने परिपत्र गरेको छ । जिल्लाका सम्पुर्ण स्थानीय निकास , शिक्षा विकास तथा समन्वय इकाई , सामुदायीक विद्यालय र संस्थागत विद्यालयहरुलाई सरस्वती पुजाको नाउँमा चन्दा वा शुल्क नलिन जिप्रकाले परिपत्र गरेको हो । जिप्रकाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित आज जारी गरिएको पत्रमा फाल्गुन ४ गते मनाइने सरस्वती पुजा भतिm भावका साथ विधिपुर्वक मनाउन हुन आग्रह गरिएको छ । पुजा मनाउन ठुलो धनराशी नलाग्ने भएकोले सरस्वती पुजाको नाउँमा विद्यार्थी वा अभिभावक सँग कुनै किसिमको शुल्क वा चन्दा नअसुल्ने , डिजे बाजा प्रयोग नगर्ने ,अश्लिल तथा छाडा गीत नबजाउनेको साथै विसर्जन कार्यमा बाल बालिकाको प्रयोग नगर्नु हुन जानकारी लागी अनुरोध गरिएको परिपत्रमा उल्लेख छ । जारी गरिएको परिपत्र सम्बन्धित निकायलाई बोधार्थ पनि गरिएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments