आनन्द झा , रौतहट २९ माघ ।
नेपाली काग्रस पार्टी रौतहटको बैठक आज सदरमुकाम गौरमा सम्पन्न भएको छ । जिल्ला सभापति कृष्णा यादवको सभापतित्वमा अगामी फल्गुन ३ गते हुने विरोध जुलुसलाई प्रभावकारी बनाउने उदेश्यले आज बैठक गरेको थियो । बैठकमा राजपुर नगर पालिका मेयर मो सकिल अख्तर , परोहा नगर पालिकाका मेयर शेख वकिल , गढीमाई नगर पालिकाका मेयर श्याम प्रसाद यादव , दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण शाह लगायत पार्टीका क्षेत्रिय अध्यक्ष , कार्यकर्ताहरुको सहभागितामा भव्य जुलुस प्रर्दशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असवैधानिक तरिकाबाट संसद विघटन गरेको विरोधमा जुलुस प्रर्दशन गर्ने बताइएको छ । सोही बैठकबाट गौर सदरमुकाम को पिवी चोकमा गौर नगर पालिकाद्धारा स्मृति टावर बनाउने कार्य प्रति असहमति जनाएको छ । बिपी चोकमा बिपी कोइरालाको शालिक स्थापित रहेकोले त्यसलाई हटाएर टावर निर्माण गर्न नहुने र गर्न नदिने निर्णय गरेको हा
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments