रौतहट २१ असार ।
नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुई मेयर तथा उपमेयरलाइ सर्वोच्च अदालतले पुर्नवाहाली गरेको छ । सर्वोच्च अदालतले पुर्नवाहाली गरे पछि मेयर तथा उपमेयरहरुले पुनः पदभार ग्रहण गरेका छन ।
आज सोमवार यमुनामाई गाउँ पालिकाका उपमेयर गिता देवी र माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह , देवाही गोनाही नगर पालिकाकी परनीया देवी , फतुवा विजयपुर नगरपालिकाकी कान्ती देवीले पदभार ग्रहण गरेका हुन । यस अघि मौलापुर नगरपालिकाकी मेयर रिना देवी शाह र उपमेयर गौरी शंकर जयसवाल र कटहरिया नगर पालिकाका मेयर सियाराम कुशवाहले पदभार ग्रहण गरेका थिए ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाइ पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न आदालतले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरि दिएको छ ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारवाही एव अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना जारी गरेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments