Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि ज्ञान केन्द्र रौतहटद्धारा यस वर्ष किसानमुखी कार्यक्रम सार्वजनिक गरि पारदर्शी रुपमा कार्यक्रम संचालन तथा वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट असार ।
कृषि ज्ञान केन्द्र रौतहट गौरले यस वर्ष किसानमुखी कार्यक्रम सार्वजनिक गरि पारदर्शी रुपमा कार्यक्रम संचालन तथा वितरण कार्य गरेको छ । कृषि ज्ञान केन्द्र रौतहट गौरमा कार्यालय प्रमुखको जिम्मेवारी पाए देखि नै प्रमुख चन्द्रभुषण झाले आफनो कार्यालयको कामकाज सार्वजनिक गर्दै आएको छ । यस बर्षमा कृषि ज्ञान केन्द्र रौतहट गौरले यान्त्रीकरण शिर्षकमा १५ वटा कृषक समूहलाई धान थ्रेसर ,२० वटा समुहलाई गहु थ्रेसर , १२ वटा समुहलाई पावर टेलर , ७ वटा समुहलाई स्वाचालित उपकरण , १७० जनालाई स्यालो टयुवेल ,११२ जना जनालाई प्रागरिक मल ,६ वटा समुहलाई कृषि हाट बजार ,५ वटा समुहलाई तरकारी तथा फलफुल बजारीकरण सहयोग ,५ वटा समुहलाई व्यवसायीक तरकारी उत्पादनका लागी मल्चिङ्ग पोली हाउस लगायत आवश्यक प्राविधि अवलम्बन सहयोग ,७ वटा समुहलाई फलफुल तथा तरकारीको व्यवसायीक मोडेल खेतिमा अनुदान , ३ जनालाई निजि फलफुल तथा तरकारीको व्यवसायीक मोडेल खेतिमा अनुदान, २० वटा समुहलाई ब्लक विकास कार्यक्रम , २ वटा समुहलाईलाई श्रोत बीउ तथा अन्य आवश्यक वीउ उत्पादन तथा बजारीकरण सामाग्री र उपकरणमा अनुदान , ४ वटा समुहलाई ग्रीन हाउस ,नेट हाउस सहयोग , १ जनालाई ग्रीन हाउस ,नेट हाउस सहयोग , २ वटा समुहलाई माहुरी उत्पादन तथा बजारीकरण र १ जनालाई माहुरी उत्पादन तथा बजारीकरण कार्यक्रममा सहयोग गरिएको छ । यस बर्षको कार्यक्रमले वास्तविक कृषक समुह तथा कृषकले उपलब्धी हासिल गरेको कृषकहरुले बताएका छन । कार्यक्मले हजारौ कृषक लभान्वित भएको बताइएको छ । विभिन्न कार्यक्रम विभिन्न नगर पालिका तथा गाउँ पालिका क्षेत्रमा संचालन रहेकोले कृषक समुदाय हर्षित भएका छन । गत वर्ष गोप्य सूचना द्धारा आफनो आफन्तलाई कार्यक्रम दिएको कृषकहरुले गुनासो गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.