Take a fresh look at your lifestyle.
npa 9 suchana

मिलापत्रको कागज भनी कपाली तमसुकमा ल्याप्चे लगाउन लगाई रकमको माग पञचहरु आर्थिक प्रलोभनमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

मिलापत्रको कागज भनी कपाली तमसुकमा ल्याप्चे लगाउन लगाई रकमको माग पञचहरु आर्थिक प्रलोभनमा
रौतहट २५ असार ।
जिल्लाका गुजरा नगरपालिका वडा न ५ वस्ने मिर हाकिमले गुजरा नगर पालिकाका प्रवतmा तथा वडा न ५ का वडाअध्यक्ष आरिफ मियाँ दर्जी लगायत ८ जना माथि आज शुक्रवार जिल्ला प्रशासन कार्यालय गौरमा आवश्यक कारवाई तथा जिउ ज्यान धन र शान्ति सुरक्षाका लागी उजुरी दर्ता गराएका छन ।
२०७८ साल असार २ गते राति २०ः०० वजेको समयमा विपक्षी शेख नासिरले एक जना महिलालाई लिएर आफनो चन्द्रनिगाहपुर घरमा जान मेरो छोरा मिर आलिमलाई भनेकोमा मेरो छोरा मालिकको आदेशमानी शेख नजिर र उतm महिलालाई एउटै मोटरसाइकलमा बसाई निज नासिरको घर चन्द्रनिगाहपुरमा लगेको उजुरीमा उल्लेख गरेका छन ।
शेख नासिरको इटाभट्टामा म मजदुरको काम गर्दै आएकोले मालिकको आदेश बमोजिम काम गर्दै आएको थिए । पहिला पनि निज मालिकको आदेश बमोजिम कामकाज गर्दै आएको थिए ।
शेख नासिरले खानाको बन्दोवस्त गरेर आउछु भनी मेरो छोरा मिर आलिम र उतm महिलालाई कोठामा बसाई बाहिरबाट कोठा बन्द गरी ताल्चा लगाई फरार भएको उल्लेख छ ।
महिला र मिरले कोठा खोल्न प्रयास गरे पनि बाहिरबाट ताल्चा लगाएकोले खुल्न नसकेको जिप्रकामा दिएको उजुरीमा उल्लेख छ । मोबाइल पनि लिएर गएकोले कुनै कसरतले बाहिर निस्कन नसकेको उजुरीमा छ ।
२०७८साल असार ३ गतेका दिन विहान ८ वजे को समयमा विपक्षीहरुले कोठाको ताल्चा तोडी मेरो छोरा आलिम र महिलालाई मरणासन्न गरी कुटपिट गरी पूर्व योजना मत सल्लाह ,मिलोमतो गरी ठुल्लो अपराध सृजना गर्ने उदेश्यले अपराधिक षडयन्त्र गर्ने मनसाय सोच योजना अनुरुप मेरो छोरा र महिलालाई जवरजस्ती कब्जामा लिई प्रहरी चौकी हरिनगरमा लगी बुझाएकोमा प्रहरी अनुसन्धान पछि निज दुवैलाई छाडे पछि पुनः समाती इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनीयामा लगी बुझाएको उजुरीमा उल्लेख छ ।
प्रहरीको अनुसन्धान पश्चात पुनः दुवैलाई अभिभावकको जिम्मा लगाई छाडेका थिए । विपक्षीहरुले फेरी योजना बनाई २०७८ साल असार ८ गतेका दिन मलाई बोलाई दुवै जनालाई गाउँ घरमा मिलापत्र गर भने कर गरी मिलापत्रको कागजको सटा कपाली तमसुक तयार गर्न लगाई ल्याप्चे गर्न लगाएको आरोप उजुरी कर्ता मिर हाकिमले लगाएका छन ।
विपक्षीहरुले ९ लाखको कपाली तमसुक मिलापत्रको कागज छ भनी ल्याप्चे गराएको खबर विपक्षीले नै मबाट रकम माग्न आएको अवस्थामा थाहा पाएको बताएका छन । ४ लाख ५० हजार रुपैयाँ नदिए अदालतमा मुद्धा दर्ता गरी ९ लाखको ब्याज समेत असुल गर्ने धम्की दिएको उजुरी कर्ताका ससुरा शेख नेजामुदीनले बताएका छन ।
यस सम्बन्धमा गुजरा नगर पालिकाका प्रवतmा आरिफ मियाँ दर्जी सँग सम्पर्क गर्दा आफुले कुनै तमसुक गराएको छैन र तमसुक नराखेको बताए ।
कपाली तमसुक लेख्ने लेख्नदाससँग सम्पर्क गर्दा केटा पक्षबाट ९ लाखको कपाली तमसुक भएको स्वीकार गरेका छन । यसै सम्बन्धमा पुर्व वडा अध्यक्ष शेख दाउद सँग सम्पर्क गर्दा केटा पक्षबाट आएको पञचले नै दण्ड ४ लाख ५० गरी ९ लाखको कपाली तमसुक गराएको बताए । पञचहरुले कुनै किसिमको लोभमा नपरेको बताए ।
केटीको विवाह खर्चका लागी उतm रकम दण्ड भएको बताएका छन । तर उजुरी कर्ताले पञचहरु आर्थिक प्रलोभनमा परी मेरो छोरो कसुर नै नगरेको कसुर जवरजस्ती थोपारी मलाई झुक्याई कपाली तमसुकमा ल्याप्चे लगाएको आरोप लगाएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.