

, रौतहट ५ असोज ।
कृषि विकास बैक शाखा कार्यालय गौरको कामकाज आजबाट पुनः शुरु भएको छ । पुरानो भवनमा कामकाज आज देखि शुरु भएको कृषि विकास बैकले जनाएको छ । नवनिर्मित भवनमा हिजो विधुत सर्ट भई आगलगी भएको कारण केही घण्टा कामकाज ठप्प भएको थियो । आगलगीबाट क्षति भएको सम्पुर्ण समाग्री ठेकेदारले व्यहोर्ने बताइएको छ । नवनिर्मित भवनमा एक दिन पनि कामकाज नभई आगो लागेको थियो । विधुत वारिङ्गमा कमी कमजोरी भएका कारण आगलगी भएको बताइएको छ ।