Take a fresh look at your lifestyle.
npa 9 suchana

४० किलो चाँदी सहित एक जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट ५ असोज । गौर नगरपालिका वडा नं. ४ बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले ४० केजी चाँदी पक्राउ गरेको छ । आज मगलवार विहान ७ः३० बजेको समयमा चेकजाँच गर्दा उतm चाँदी सहित मानिस पक्राउ गरिएको बताएका छन ।
विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट पश्चिम तर्फ आउदै गरेको जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३५ को बिध्यानन्द साह सोनारले दुबै हातमा कालो रंगको झोला बोकी हिडी रहेको अवस्थामा शंका लागि रोकी दुबै हातमा बोकेको झोलाहरु खोल्न लगाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदी जस्तो देखिने स–साना धातुका टुक्राहरु फेला परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिध्यानन्द साह सोनारलाई नियन्त्रणमा लिई उक्त धातुहरु बरामद गरी सुन चाँदी व्यवसायी संघबाट परीक्षण तथा तौल समेत गराउँदा उक्त धातु चाँदी रहेको बताइएको छ ।
करिव ४० के.जी.वजन भएको हो । सोको आजको मूल्य ३९,४४,०००।– (उन्नचालिस लाख चवालिस हजार) भनि खुल्न आएको हुँदा, मानिस र बरामद भएको चाँदी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिप्रकाले जनाएको छ । रौतहट नाका हुदै नै चाँदी सुन तस्करी हुदै आएकोले सम्बन्धित निकायलाई सचेत रहन नेपाल सुनचाँदी व्यवसायी संघ प्रदेश अध्यक्ष रामजी शाहले आग्रह गरेको छ । विभिन्न समयमा सुन र चाँदी रौतहटबाट पक्राउ परी रौतहट सुन चाँदी व्यवसायी बदनाम हुने गरेको उनले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.