Take a fresh look at your lifestyle.
npa 9 suchana

भारतीय रुपैयाँ सहित १ जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट कार्तिक ५ ।
सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्ररही गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा स्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेको भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने विश्वनाथ साह कानुको छोरा अं.वर्ष २२ को सुशिल कुमार साहलाई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट रु एक लाख असी हजार भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शाहबाट बरामद भएको रुपैयाँ सहित आज शुक्रवार थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको छ । विहीवार १ वजेको करिवमा शाहलाई पक्राउ गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.