Take a fresh look at your lifestyle.
npa 9 suchana

ठगी गरेको रुपैयाँ सहित १ जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ४ कार्तिक
दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.१ बस्ने गौरीशंकर साह कलवारको छोरा बर्ष २४ को बिकेश जयसवाललाई प्रहरीले ठगी गरेको आरोप पक्राउ गरेको छ । कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहट मार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसंग कार्तिक १ गतेका दिन अं.१४ः०० बजेको समयमा दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.१ बस्ने गौरीशंकर साह कलवारको छोरा बर्ष २४ को बिकेश जयसवालले रु.तीन हजारका दरले अबैध रुपमा उठाई ठगी गरि रहेको भन्ने सुचना प्राप्त हुनासाथ खटिई गएको प्रहरी टोलीले सोही प्रभु बैंकको गेट अगाडी प्यासेजमा निज बिकेश जयसवाललाई फेला पारीएको जिप्रकाले जनाएको छ । निजको शरीर तथा निजले पिड्युमा भिरेको कालो रंगको झोला समेत खानतलासी गर्दा निजले बोकेको झोला भित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको नेपाली नगद रुपैया ६० हजार ७००।– समेत फेला परीएको जनाएका छ । बरामद भई पक्राउ परी दाखिला हुन आएको निज प्रतिवादी उपर सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.