, रौतहट ११ कार्तिक ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र चौहानले प्रदेश न २ का सरकारका मुख्य मन्त्री लाल बाबु राउत गदी प्रति घोर आपति जनाएको छ । नेपाल पत्रकार महासघ जिल्ला कार्य समिति रौतहटद्धारा आयोजित नेपाल पत्रकार महासंघ प्रदेश न २ का वरिष्ठ उपाध्यक्ष रामानन्द गुप्ताको श्रद्धाजञली सभालाई सम्बोधन गर्दै सचिव चौहानले गुप्ताको अस्पतालमा उपचार हुदाँको वखतमा प्रदेश सरकारले कुनै सहयोग नगरेको प्रति आपति जनाएको हो । वरिष्ठ उपाध्यक्ष गुप्तालाई हेलीकोप्टरबाट काठमाण्डौ लगेको भए निको हुने सम्भावना रहेको बताउदै विराटनगर अस्पतालले डिस्चार्ज गरे पछि पुनः त्यही अस्पतालमा लैजानु नै हाम्रो भुल भएको उनले बताए । पत्रकारितालाई वदनाम गर्ने जो कोहीलाई पनि कार्यवाही गर्न महासंघ रौतहट शाखालाई निर्देशन समेत उनले दिएका थिए । सोही अवसरमा केन्द्यि सदस्य केसी लामीछाने ,प्रदेश न २ का महासचिव श्याम वन्जरहा , महासंघका प्रदेश सदस्य शैलेन्द्र झा , भारतका पत्रकार अर्मेन्द्र तिवारी ,पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , रविन्द्र शाह , पत्रकार प्रभात झा लगायतका वतmाहरुले वरिष्ठ उपाध्यक्ष गुप्ताको जिवनी वारेमा चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । वरिष्ठ उपाध्यक्ष गुप्ताको गत शुक्रवार निधन भएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments