, रौतहट १४ कार्तिक ।
प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिना भित्र चुनाव गराउनु पर्ने संवैधानिक व्यवस्थालाई नजर अन्दाज एवं खिल्ली उडाउदै रौतहटको निर्वाचन क्षेत्र ३ लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन आयोग गराउन नसकेको पुर्व मन्त्री प्रभु शाहले बताएका छन ।
अहिलेको अपवित्र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दुखको विषय मात्र नभई देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको सिधा÷ठाडो बरखिलाफ एवं उपहास पनि गरेको उनले बताए ।
आफ्नै चुनावी प्रतिबद्धता एवं जनादेश विपरीत कांग्रेसको पुच्छर बन्नेर उल्टै हामीमाथि कथित दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाउने र लोकतन्त्रमा पनि जनताको अदालतबाट तर्सिने नेकपा (माओवादी केन्द्र) का अबैध एवं अनैतिक नेता पुष्प कमल दाहालले पनि यसको जवाब दिनुपर्छ उनले भने ।
जनतालाई यत्रो लामो समयसम्म पनि औपचारिक रुपमा जनप्रतिनिधि विहिन बनाई राख्ने निर्वाचन आयोग र अहिलेको अपवित्र गठबन्धनको सरकारको यो अक्षम्य अपराध हो पुर्व मन्त्री शाहले स्पष्ट पारे । तसर्थ, यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न वा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग जोडदार माग पुर्व मन्त्री शाहले गरेका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments