

रौतहट १७ कार्तिक ।
दिपावलीमा व्यक्तिले आफ्नो निजी घरको फोहरमैला सरसफाई गरे जस्तै गाँऊ समाजको अगुवा व्यक्तिले आफ्नो बस्ती, टोल, गाऊँ–नगरको सरसफाईको नेतृत्व लिनुपर्ने अपरिहार्यतालाई आत्मबोध गर्दै मौलापुर नगर पालिकाको नेतृत्वमा भैईरहेको सरसफाई अभियानमा आफु स्वयं पनि भौतिक रुपमा नै सहभागी भई नेतृत्व गर्न पाउँदा छुट्टै सन्तुष्टिको अनुभूति प्राप्त भएको नगर प्रमुख रिना कुमारी शाहले बताइन् ।
यस जनपक्षिय सरसफाई अभियानले पूर्ण सफलता प्राप्त गर्दै तपाई–हाम्रो समाज र नगरभित्रको तमाम विकारहरुको समेत सफाया हुन सकोस् भन्ने हार्दिक शुभेच्छा सहित महान पर्व धनतेरस, शुभ दिपावली र छठको विशेष अवसरमा तपाई र तपाईको सम्पूर्ण प्रिय तथा परिवारजनमा स्वक्षता, सद्बुद्धि, सुस्वास्थ्य, दीर्घ जीवन, सुख, शान्ति, धन ऐश्वर्य एवं उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेकी छिन ।