Take a fresh look at your lifestyle.
npa 9 suchana

गम्भीर प्रश्नहरु खडा गरेको पूर्व मन्त्री प्रभु साहको आरोप

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ४ मंसिर ।
कारागारमा बन्दी जीवन बिताइरहेको समयमा लडाई साहले आएर एकाएक आत्महत्या गरेका भन्ने गृह प्रशासनको भनाईले यस मुद्दाको प्रारम्भिक अनुसन्धानकर्तादेखि अभियोजनकर्ता, निरुपणकर्ता लगायत देशको समग्र राज्य व्यवस्था, न्यायालय र गृह प्रशासनमाथि नै अनेकन गम्भीर प्रश्नहरु खडा गरेको पूर्व मन्त्री प्रभु साहले आरोप लगाएका छन ।
जिल्लाको देवाही गोनाही नपा – ७ निवासी लडाई साह निर्दोष रहेको बयान स्वयं उजुर कर्ता÷सरकारी गवाहले नै दिँदा पनि अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा निज (लडाई साह) लाई कसुरदार ठहर गर्दै जिल्ला अदालत रौतहटले २१ वर्ष कैद सजाय तोक्दा निजले निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै मुद्दाको पुनरावेदन गरी कारागारमा बन्दी जीवन बिताइरहेको समयमा निजले आएर एकाएक आत्महत्या गरेका भन्ने गृह प्रशासनको भनाईले गम्भीर प्रश्नहरु खडा गरेको उनको भनाई रहेको छ ।
तसर्थ, यस विषयलाई गम्भीरतापूर्वक लिई शिघ्र उच्च स्तरीय छानबीन समिति खडा गरी घटना बारेको सत्य तथ्य विस्तृत विवरण बाहिर ल्याई दोषीलाई हदैसम्मको कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार सहित सम्बन्धित पक्षसंग जोडदार माग पूर्व मन्त्री शाहले माग गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.