

,रौतहट,४ फागुन ।
बिभिन्न दलले एमसिसिको बिरोधमा आहवान गरेको नेपाल बन्दका कारण रौतहटमा आशिक प्रभाव परेको छ । बन्दका कारण लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी साधन संचालन आएको थियो । पुर्व पश्चिम राजमार्गमा यात्रु वाहक सवारी साधन चलेका छैनन् । चन्द्रनिगाहपुर गौर सडक खण्डमा निजी सवारी साधन र ट्रकहरु संचालनमा रहेको थियो । जिल्लाका चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचालन गरिएको कारण मानवीय तथा अन्य क्षति हुन सकेनन ।