

, रौतहट ११ फागुन ।
मौलपुर पिकनिक पार्क अहिले लोकप्रिय बन्दै गएको छ । २०७७ साल फागुन महिनामा पार्कका निर्माण कार्य सम्पन्न भई संचालनमा आएको उतm पार्क अहिले जनप्रिय बन्दै गएको मौलापुर नगर पालिकाले जनाएको छ । जनप्रिय नेता प्रभु साहको पहलमा शहरी मन्त्रालयबाट पिकनिक पार्कको निर्माण भएको थियो भन्ने मौलापुर नगर पालिकाका आर्थिक सहयोगबाट पार्कमा पर्ने आवश्यक कार्यहरु गरेको नगर पालिकाका प्रशासकीय अधिकृत रामबाबु शाहले बताएका छन । विवाह व्रत, बन्धन , भेटघाट , अतिथिहरुको आवत जावत तथा सभा सम्मेलन तथा गेष्ट हाउस जस्ता कार्यका लागी उपयुतm रहेको अधिकृत शाहले बताए । दैनिक २ सय देखि २५० सम्म पिकनिक पार्कमा मानिसहरु आउने गरेको उनले बताए । पार्क निर्माण भए पछि ५ जना वेरोजगार व्यतिmले रोजगारी पाएका छन । गौर , गरुडा , चन्द्रपुर , समनपुर, भारतको बैरगनीया , घोडासहान , चैनपुर लगायत अन्य जिल्लाबाट मानिसहरु पार्क हेर्न तथा पार्कमा रमाउन आउने गरेको मौलापुर पिकनिक पार्कका संचालक रामबाबुले बताए । शुरुवात भएको वेला केही दिन सम्म सुनसान देखिने पार्क अहिले विहान वेलुका मानिसहरुको घुइचो लाग्ने गरेको बताए । शनिवार र विदा परेको दिन ५ सय देखि ६ सय सम्म मानिस को भिड हुने गरेको संचालक रामबाबुले बताए ।