Take a fresh look at your lifestyle.
npa 9 suchana

लागु औषध सहित मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १२ फागुन ।
सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्सा र ईलाका प्रहरी कार्यालय गरुडा,रौतहटको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मानिस सहित लागू औषध पक्राउ गरेको छ ।
वृन्दावन न.पा. वडा नं. १ बिश्रामपुर स्थित हनुमान मन्दिर नजिक सडक खण्डमा आवत जावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई समेत चेकजाच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ शंकास्पद रुपमा आफ्नो दाहिने हातमा हल्का खैरो, पहिलो रंगमा हरियो धर्का भएको नाईलनको झोला लिई आएका साबिक सरुवठा गा.वि.स.वडा नं. ४ घर भई हाल वृन्दावन न.पा.वडा नं. १ रमौली बैरिया टोलमा बस्ने अच्छेलाल राय यादवको छोरा अं.वर्ष ३७ को प्रदिप प्रसाद यादवलाई सोधपुछ गरी बोकेको झोला तलासी लिदाँ सो झोलाभित्र माथी सेतो रंगको प्लाष्टिकले छोपी लुकाई छिपाई राखेको अवस्थामा ऋजयिचउजभलष्चबmष्लभ ःबभिबतभ ७ ऋयमभष्लभ एजयकउजबतभ क्थचगउ ः प् म्चथ िज्ञण्ण् ःी लेखिएको सिलबन्दी बोतल थान ४० फेला परेको गरुडा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बरामद गरी निज यादवलाई जरुरी पक्राउ पुर्जी दिई आवश्यक अनुसन्धान कार्य भई रहेको जनाएको छ । बुधवार १९ वजेको समयमा पक्राउ गरिएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.